site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेन र इजरायललाई सहायतासहित अमेरिकाले ल्यायो ११८ अर्ब डलरको प्याकेज

काठमाडौं । अमेरिकाको माथिल्लो सदन सिनेटले युक्रेन र इजरायललाई सहायता प्रदान गर्न ११८ अर्ब डलरको सम्झौता सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र दुवै दल डेमोक्रेट एवं रिपब्लिकन नेताले यो सहायताका लागि जोड दिइरहेको बताइएको छ ।

यो सम्झौतामा आप्रवासी भित्रिने मेक्सिकोको सीमामा कडाई गर्न र लागुऔषध तस्करीविरुद्धका लागि करिब २० अर्ब डलर छुट्याइएको छ ।

आइतबार सार्वजनिक यो बजेटमध्ये ६० अर्ब डलर युक्रेनलाई सहायता प्रदान गर्न छुट्याइएको छ ।

यस्तै, इजरायललाई १४.१ अर्ब डलरको सहायता र लाल सागरमा हुथीविरुद्ध सुरक्षा अवस्था बलियो बनाउन २.४४ अर्ब डलर छुट्याइएको छ ।

चीन र ताइवानबीचको तनावलाई लिएर एसियाली साझेदारलाई सहयोग स्वरुप ४.८३ अर्ब डलर छुट्याइएको अल्जजिराले उल्लेख गरेको छ ।

सिनेटका अध्यक्ष चक सुमरले सम्झौतामा बुधबार मतदान हुने अपेक्षा गरेका छन् ।

तल्लो सदनका सभामुख माइक जोन्सनले भने यो प्रस्ताव पारित नहुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro