site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिनियाँ पर्यटक ठमेलमा मृत फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन् । मृत्यु हुनेमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

प्रहरी उपरीक्षक ढुंगेलका अनुसार, ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए । निजलाई कोठमा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

शव परीक्षणका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको ढुंगेलले जानकारी दिए ।

घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro