site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिणपूर्वी टर्कीमा हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

काठमाडौं । दक्षिणपूर्वी गाजियनटेप प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा टर्कीका दुई पाइलटको मृत्यु भएको छ । दुर्घटनामा एक प्राविधिक घाइते भएको टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले बताएका छन् ।

सुरक्षा उड्डयन विभागको महानिर्देशनालयको सूचीमा दर्ता गरिएको हेलिकोप्टर नुरदागी जिल्लाको कारताल गाउँमा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर दक्षिणी हाते प्रान्तबाट प्रस्थान गरेको थियो । अन्तिमपटक १०ः४९ मा सम्पर्कमा आएको थियो ।

घटनास्थलमा धेरै जन्डरमेरी, फायर ब्रिगेड र मेडिकल टोलीहरू पठाइएको छ । घाइते प्राविधिकलाई उपचारका निम्ति स्थानीय अस्पतालमा लगिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro