site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पहिले गिरफ्तार पछि मात्र समस्या पहिल्याउने प्रवृत्तिले हतोत्साहित बनायो : नाडा

काठमाडौं  । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सीजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरीलाई कुनै ठोस प्रमाण र आधारबिना नै प्रहरीले पक्राउ गरेको बताएको छ । प्रहरीले छानबिनका नाममा बिना प्रमाण चौधरीलाई पक्राउ गरेको नाडाको आरोप छ ।

बिहीबार साँझ एक विज्ञप्तिर्माफत नाडाले भनेको छ, "सम्बन्धित विषयकाे गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रहसमेत गर्दछौँ ।"

नाडाले पहिले गिरफ्तार गर्ने र पछि मात्र समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायीहरूलाई थप हतोत्साहित बनाएको बताएको छ ।

"यसले आउँदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ । पहिला आवश्यक छानबिन र सत्यतथ्य यकिन गरेर मात्र कानुनी प्रकृयालाई अघि बढाउन हामी सरकारलाई आग्रह समेत गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro