site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६०० जनालाई ठगी गरेको आरोपमा पक्राउ, पीडित भन्छन्– आफैँ कारबाही गर्छौँ

काठमाडौं । करिब ६०० जनालाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विकास वाइबा भनिने सुजन तामाङलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका निम्ति विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको उनीमाथि आरोप छ । नक्कली भिसा देखाएर ठगी गरेको उनीविरुद्ध उजुरी दिइएको छ ।

क्रोसिया, क्यानडा पोल्यान्ड, पोर्चुगललगायत मुलुकमा पठाइदिने भन्दै उनले प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैयाँसम्म असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौंको बालाजुचोकस्थित युरोन्स म्यानपावरका सञ्चालक हुन् ।

wefgkmgmg-1706767661.jpg
उनीबाट ‘पीडित’ बनेकाहरू यति बेला प्रहरी कार्यालयमा पुगेका छन् । सयौँको संख्यामा पीडित उपत्यका अपराध अनुसन्धान कार्यालयअगाडि भेला भएका छन् । तामाङलाई आफूहरूले नै कारबाही गर्ने भन्दै उनीहरूले प्रहरीलाई दबाब दिइरहेका छन् ।

प्रहरीले पक्राउ परेका तामाङलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro