site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय
फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र उनका पूर्वनिकट सहयोगीलाई जेल सजाय सुनाइएको हो ।

पाकिस्तानको पन्जाब प्रान्तस्थित रावलपिण्डीको जेलमा स्थापित विशेष अदालतले मंगलबार यो सजाय सुनाएको छ । कूटनीतिक मामिलासम्बन्धी ‘साइफर केस’ नाम दिइएको यो मुद्दामा उनलाई दोषी ठहर गरिएको हो ।

खानले आफूलाई सत्ताबाट हटाउन सन् २०२२ मा यो षड्यन्त्र भएको जिकिर गरेका थिए । ‘अफिसियल सेक्रेट एक्ट’अन्तर्गत स्थापित अदालतले खानलाई अमेरिकाका लागि पाकिस्तानी पूर्व राजदूतले पठाएको गोप्य कागजातको दुरुपयोग गरेकामा दोषी ठहर गरेको हो ।

आउँदो फेब्रुअरी ८ मा हुने आमनिर्वाचनको करिब एक साताअघि पाकिस्तानको प्रमुख प्रतिपक्षी नेताका रूपमा रहेका खानविरुद्ध सजाय तोकिएको छ । उनले आफूलाई निर्दोष बताउँदै आएका छन् । अलजजिराबाट ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro