site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामाजिक सुरक्षा कोष र एचआईडीसीएलबीच लगानीसम्बन्धी सम्झौता 

काठमाडौं । सामाजिक सुरक्षा कोष र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बीच लगानीसम्बन्धी सम्झौता भएको छ । 

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलका कार्यकारी निर्देशक अर्जुन गौतमले हस्ताक्षर गरेका हुन् । 

यो सम्झौतासँगै कोषमा श्रमिक र रोजगारदाताबाट संकलन भएको रकम लगानी गर्ने बाटो खुलेको छ । एचआईडीसीएलले अनुकूल परियोजनामा कोषमा भएको रकम लगानी गर्ने कोषका प्रवक्ता विवेक पन्थीले बताए । उनका अनुसार परियोजनामा लगानी गर्न भने अर्काे छुट्टै सम्झौता गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro