site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चालक ‘निदाउँदा’ गाडी पल्टियो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आज बिहान करिब २ बजेर ५० मिनेटमा वाग्मती प्रदेश ०१–००६ ख ६१२४ नम्बरको इलेक्ट्रिक हायस गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भोजपुरकी ४२ वर्षीया रचना राई र काभ्रेका २७ वर्षीय सागर लामा घाइते भएका छन् । उपचारका निम्ति घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा पठाइएको छ । अरू यात्री सकुशल रहेका प्रहरीले जनाएको छ ।

सुनसरीबाट काठमाडौंतर्फ आउँदो गरेको गाडी दुर्घटना भएको हो । सिन्धुलीको दुधौली नगरपालिका–२, झुंगामा उक्त गाडी दुर्घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

दुर्घटना हुँदा हायसमा चालकसहित १५ जना सवार थिए । चालक निदाउँदा गाडी पल्टिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा क्षति पुगेको र नचल्ने अवस्थामा दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro