site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बिमा कार्यक्रम 

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । महानगरभित्रका पाँचवटा आधारभूत प्रवर्धन केन्दलाई प्रथम सेवा बिन्दु तोकेर स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।

महानगरवासीलाई माघ ८ गतेदेखि नै बिमा गराउन थालिएको स्वास्थ्य विभागका बिमा फोकल पर्सन कमलप्रसाद भट्टराईले जानकारी दिए । तर, बिमा कार्यक्रमको नियमअनुसार बिमितले जेठ १ गतेदेखि मात्रै सेवा पाउने छन् । 

महानगरका वडा नम्बर ८, १३, १४, १९ र ३० मा रहेका प्रवर्धन केन्द्रबाट सेवा प्रवाह गर्ने तयारी भएको भट्टराईले बताए ।

स्वास्थ्य बिमा कार्यक्रम अब काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा मात्रै लागु हुन बाँकी छ । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro