site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ढुंगा प्रहार गरी महिलाको हत्या, एकजना पक्राउ

काठमाडौं । झापामा महिलाको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८, गरामनी घर भई सोही नगरपालिका–५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईं छन् । 

प्रसाईंमाथि बिर्तामोड नगरपालिका–५, बस्ने माई नगरपालिका–१, महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको आरोप छ । 

झापा अर्जुनधारा नगरपालिका–६ स्थित बिहानी टोल रोड नम्बर १६ भित्र बिग ब्रदर कबडहल अगाडि गत माघ ८ गते पुलामी मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा घटनामा संलग्न प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । 

कबडहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईंले विवाह गर्ने प्रस्ताव गर्दा पुलामीले दाहिने आँखामा हातले हानेको विषयलाई लिएर प्रसाईंले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  

प्रसाईं उपर झापा जिल्ला अदालत भद्रपुरबाट सात दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेका जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro