site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षणका निम्ति त्रिपक्षीय सम्झौता

काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका निम्ति त्रिपक्षीय सम्झौता गरिएको छ ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र विभिन्न ६ उद्योगबीच कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका निम्ति सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दीपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र उद्योगहरूका तर्फबाट प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै ६ वटै उद्योगले कुल एक हजार ६६३ प्रशिक्षार्थी कामदार छनोट गरी प्रशिक्षणपश्चात् रोजगारीमा लगाउनेछन् । सम्झौता कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालले प्रशिक्षण कार्यक्रममार्फत उद्योगको उत्पादन वृद्धिमा योगदान पुग्ने र स्वदेशमै रोजगारीका थप अवसर सिर्जना हुने अपेक्षा गरे ।

सम्झौताअनुसार, प्रशिक्षार्थी कामदारको अधिकतम तीन महिनाको पारिश्रमिक सरकारका तर्फबाट केन्द्रले व्यहोर्नेछ । त्यसपछि उद्योगले कम्तीमा १८ महिनाका लागि रोजगारी निश्चित गर्नुपर्नेछ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro