site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंक र पर्पल हेज रकबारबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको ठमेलस्थित पर्पल हेज रकबार प्रालिबीच समझदारी भएको छ । सिटिजन्स बैंकका ग्राहकलाई पर्पल हेजमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

योसँगै सिटिजन्सका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले पर्पल हेज रकबारमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

सिटिजन्स बैंकले देशभरका आफ्ना १९० शाखा, १५२ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro