site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यसअघि मुलुकको आर्थिक अवस्थामा समस्या देखिए पनि अहिले अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार भएको बताएका हुन् ।

अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक रहेको भन्दै उनले सरकारले यसैमा ध्यान केन्द्रित गरेको जिकिर गरे । मूल्यवृद्धि नियन्त्रणमा रहेको, ब्याजदर घटिरहेको र आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको उनको भनाइ छ ।

उनले अर्थतन्त्रका विषयमा सकारात्मक सन्देश प्रवाह गर्दै आत्मविश्वास आर्जन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नेपालका ‘युनिक’ उत्पादन, सेवा र भएका वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको उनले उल्लेख गरे । मन्त्री महतले सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको औँल्याए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro