site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कृषि क्षेत्रको प्रगति प्रविधिबाटै सम्भव : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् । शुक्रबारबाट सुरु भएको ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताए । 

उनले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताए । मन्त्री भुसालले उत्पादन वृद्धि गर्न उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्नेमा जोड दिए । उनले कृषिमा अबका दिन यान्त्रीकरणको महत्व बढ्दै गइरहेको बताए । 

कार्यक्रममा मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानहरू ठगिने कुरालाई रोक्न जरुरी रहेको बताए । व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण किसान ठगिने गरेको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro