site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘रेड नोटिस’ जारी भएका आरोपित कतारबाट पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जबरजस्ती करणी मुद्दाका आरोपित कतारबाट पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएर उनलाई नेपाल ल्याइएको हो ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–११, मधुवनका २५ वर्षीय सेहमान खाँ छन् । एनसीबी दोहाको समन्वयमा पक्राउ परेका उनलाई बिहीबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि भागेर कतार पुगेका थिए । उनी कतार पुगेको खुलेपछि नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही माघ २ गते ‘रेड नोटिस’ जारी गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro