site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । अरू नौजना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

बुधबार दिउँसो करिब ३ बजेदेखि आगलागी भएको थियो । आगो राति ९ बजे मात्र पूर्ण रूपमा निभाइएको थियो । घाइतेमध्ये आठजनाको अवस्था स्थिर रहेको बताइएको छ ।

६ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी सुरु भएको हो । बेसमेन्टभित्र रहेको शीत भन्डारको मर्मतका निम्ति कामदारले गैरकानुनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाको अनुसन्धानका क्रममा सुरक्षा अधिकारीले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro