site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिविमा माघ १५ देखि अनलाइनबाटै यसरी लिन सकिन्छ सेवा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा १५ माघदेखि शैक्षिक प्रमाणपत्रको सेवा अनलाइनबाटै लिन सकिने भएको छ ।

आज एक सूचनामार्फत त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अनलाइबाट सेवा लिन अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी दिएको छ ।

कार्यालयका अनुसार अनलाइन सेवा माघ १५ गते सोमबार बिहान १० बजेबाट सञ्चालनमा आउने छ ।

केही समयका लागि अनलाइन र अफलाइन दुवै विकल्पबाट सेवा लिन सकिने छ । पूर्ण अनलाइन सञ्चालनबारे अर्को सूचना प्रकाशित गरिने कार्यालको सूचनामा उल्लेख छ ।

अनलाइनबाट सेवा लिन के गर्ने ?

१) tuexam.edu.np मा login गर्ने ।

२) Certificate link मा click गर्ने ।

३) Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिङ्कमा click गर्ने ।

४) Registration slip upload गर्ने interface आउँछ र यो अपलोड गर्ने । (pdf, jpg र image form को प्रयोग गर्न सकिने )।

५) त्यसपछि Transcript मा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा click गरी माग भएको सूचना उपलब्ध गराउने र online मा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा submit गर्ने ।

६) Submit भए पछि सम्वन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु गर्नेछ र सबै प्रक्रिया मिलेमा ट्रान्स्क्रिप्ट प्रिन्टको प्रक्रियामा जाने छ । प्रमाणीकरण गरी तयार भएको ट्रान्स्क्रिप्टको सूचना सेवाग्राहीलाई पठाइने छ । यदि सूचना अपूर्ण भएमा वा गलत भएमा सो को जानकारी पनि सम्वन्धित विद्यार्थीलाई पठाइने छ र आवश्यक प्रक्रिया पूरा गरी पुनः upload गरी पूर्ववत सेवा सुचारु भई कार्यान्वयनमा जाने छ ।

७) Online सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिने छ ।

८) यो सेवा २०८० माघ १५ गते सोमबारका दिन बिहान १०:०० बजेबाट सञ्चालन हुने छ र केही समयका लागि online र offline दुवै सेवाहरू सञ्चालन हुने छ र पूर्ण online सञ्चालनबारे पुनः सूचना प्रकाशित गरिने छ ।

९) नाम, थर आदि सच्चाउने प्रक्रियाका लागि आवश्यक प्रमाणहरू आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुस्थित केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने छ ।

१०) प्रमाणपत्रहरू संकलन गर्दा स्वयं वा इच्छाएको व्यक्तिमार्फत प्रमाणसहित आउनुपर्ने छ ।

११) यो प्रक्रियासँग सम्बन्धित केही समस्याहरू भएमा e-mail वा फोन नम्बरमार्फत सूचना आदान प्रदान गरिने भएकाले आआफ्नो सम्पर्क नम्बर र mail address सोही अनुसार upload गर्नुपर्ने छ ।

१२) त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु र सम्बन्धित क्षत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट यस सम्बन्धमा सम्पर्क गर्न सकिने छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro