site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भृकुटीमण्डपमा ‘एग्रीटेक अन्तर्राष्ट्रिय एक्सपो’ हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा माघ १२ देखि १४ गतेसम्म छैटौँ ‘एग्रीटेक अन्तर्राष्ट्रिय एक्सपो’ आयोजना हुने भएको छ ।

कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड एन्ड इभेन्ट्स र ईटीएसआईपीएलले कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रर्दशनी “छैटौँ नेपाल एग्रीटेक” आयोजना गर्न लागेको हो ।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ ।

प्रर्दशनीलाई कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम  रहेको छ ।

प्रदर्शनीको प्रवर्द्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ र नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेको छ ।

प्रर्दशनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादीरहित कृषि लगायतका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro