site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साना हतियारको अवैध व्यापार नियन्त्रण गर्न देशको क्षमता बढाउनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च रहेको बताएका छन् । उनले सबै प्रकारका हतियारको नियन्त्रण एवं अप्रसारमा नेपालले जोड दिँदै आएको पनि जनाए ।

साना हतियारको अवैध व्यापार एवं प्रयोग नियन्त्रण गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरवलोकनका निम्ति काठमाडौंमा सुरु एसिया प्रशान्त क्षेत्रको तीनदिने तयारी बैठकमा मंगलबार उनले यस्तो बताएका हुन् ।

“साना हतियारको अवैध व्यापार र त्यस्ता हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनुपर्दछ,” परराष्ट्रमन्त्री साउदले भने, “यसका लागि क्षेत्रीय एवं आन्तराष्ट्रिय सहयोग र समन्वयलाई पनि चुस्त बनाइनुपर्दछ ।”

हतियारको अवैध व्यापार र प्रयोगसँगै अपराध र हिंसामा वृद्धि हुने, समाजमा शान्ति र अमनचयन खलबलिने तथा दिगो विकासको लक्ष्य प्राप्तिका प्रयासमा नकरात्मक प्रभाव पर्न जाने उनको भनाइ छ ।

निःशस्त्रीकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसँगै एसिया प्रशान्त क्षेत्रका २५ बढी मुलुकका प्रतिनिधि सहभागी बैठकमा उनले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने रहेको दोहोर्‍याए ।

साना हतियारको अवैध व्यापार नियन्त्रणसम्बन्धी राष्ट्रसंघीय कार्ययोजना सन् २००१ मा अनुमोदन भएयता राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयास भए पनि अवैध हतियारको ओसारपसार र प्रयोग घटाउन तथा नियन्त्रण गर्न नसकिएको मन्त्री साउदले जनाए ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro