site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘काठमाडौं मलका व्यवसायीमाथि महानगर प्रहरीको हातपात’

काठमाडौं । काठमाडौं मलका व्यवसायीले काठमाडौं महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौं महानगरपालिकाअगाडि भेला भई उनीहरूले प्रदर्शन गरेका हुन् ।

व्यवसायीले आफूहरूले सञ्चय कोषको काठमाडौं महलको ‘ग्राउन्ड फ्लोर’मा व्यवसाय गर्दै आएको र एक वर्ष हुँदा पनि महानगरपालिकाले नगर प्रहरी लगाएर अपमान गरेको बताए ।

व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै आफूहरूको अपमान गरिएको उल्लेख गरे । उनले महानगरले अदालतको आदेशविपरीत व्यवसायीमाथि धरपकड गरेको बताए ।

काठमाडौं महल सञ्चय कोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीलाई आतंककारी शैलीमा धरपकड गरेको आरोप लगाए । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरूमाथि हातपात गरेको उनको भनाइ छ ।

अर्का व्यवसायी मुरारी कोइरालाले सञ्चय कोषको अन्तिम फ्लोरमा ७५ व्यवसायीले व्यवसाय गर्दै आएको तर महानगरले ज्यादती गरेको आरोप लगाए । उनीहरूले महानगर र सञ्चय कोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro