site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको तापक्रम वर्षकै कम

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । सोमबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । “काठमाडौंमा २०८० र सन् २०२४ मा यो तापक्रम अहिलेसम्मकै कम हो,” उनले बाह्रखरीसित भनिन् ।

यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २० गते मापन गरिएको थियो । पुस २० गते (शुक्रबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार, हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ४.१ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको शनिबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.८, डडेलधुरा, वीरेन्द्रनगर र ताप्लेजुङको समान ३, दिपायलको ३.१ डिग्री सेल्सियस मापन गरिएको छ । यस दिन सार्वजनिक १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम हो ।

daf-1705898813.jpg
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro