site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमास प्रमुख हनिया र टर्कीका विदेशमन्त्रीबीच भेटवार्ता
इस्माइल हनिया । फाइल तस्बिर : एएफपी ।

अंकारा । प्यालेस्टाइनी कट्टरपन्थी इस्लामिक समूह हमासका कतारस्थित प्रमुख इस्माइल हनिया र टर्कीका विदेशमन्त्री हकान फिदानबीच शनिबार भेटवार्ता भएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा एक्कासि आक्रमण गर्दा कम्तीमा एक हजार १४० जनाको मृत्यु भएको थियो । हमासका लडाकुले करिब २५० जनालाई कब्जामा लिएका थिए ।

इजरायल र हमासबीच जतिसक्दो चाँडो युद्धविराम गर्नु छलफलको मुख्य विषय भएको टर्कीसम्बद्ध स्रोतले जनाएको छ ।

भेटका क्रममा ‘मानवीय सहायता बढाउने र स्थायी शान्तिका निम्ति दुई–राज्य समाधान’का विषयमा छलफल गरिएको जनाइएको छ ।

हनिया र फिदानबीच पछिल्लोपटक अक्टोबर १६ मा फोनवार्ता भएको थियो ।

हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलद्वारा गाजामा हमला जारी छ । हमासलाई ध्वस्त पार्ने इजरायलको भनाइ छ ।

इजरायलले गरेको लगातारको बमबारी र स्थल आक्रमणका कारण गाजामा कम्तीमा २५ हजार १०५ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका हुन् ।

इस्तानबुलले अक्टोबर ७ को आक्रमणअघि हमासका राजनीतिक नेताहरूको आधारका रूपमा काम गर्दथ्यो । इजरायलको इतिहासकै सबैभन्दा घातक आक्रमणको उत्सव मनाउँदै गरेको भिडियोमा टर्कीको भू–भाग कैद भएपछि टर्कीले हमासका प्रमुखलाई देश छोड्न भनेको थियो ।

तर, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन गाजामा भइरहेको मृत्यु र विनाशको परिमाणको मुस्लिम विश्वको सबैभन्दा कठोर आलोचक बनेका छन् । 

एर्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई एडोल्फ हिटलरसँग तुलना गर्दै अमेरिकाले प्यालेस्टाइनीको ‘नरसंहार’लाई प्रायोजन गरेको आरोप लगाएका छन् । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro