site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीद्वारा इन्टरपोलले खोजेका कजाकस्तानी नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । टर्कीका सुरक्षा बलले अन्तर्राष्ट्रिय संगठित अपराध सिन्डिकेट जुवा खेल्ने र भ्रष्टाचार गर्न सहयोग पुर्‍याउनेको आरोपमा इन्टरपोलले खोजेका कजाकस्तानी नागरिकलाई पक्राउ गरेको छ । 

उक्त व्यक्ति कजाकस्तानमा धेरै अन्तर्राष्ट्रिय अपराधमा संलग्न रहेको बताइएको छ । इज्मिरको सार्वजनिक अभियोजकको कार्यालय र अपराध विरोधी एजेन्सीहरूको टोलीले गरेको संयुक्त अनुसन्धानमा उनलाई पक्राउ गरिएको थियो । 

प्रहरीले दुई स्थानमा छापा मारेर इज्मिरमा कजाख नागरिकलाई पक्राउ गरेको बताएको छ । टर्कीका अधिकारीहरूले कजाख नागरिकलाई उसको गृह देश फिर्ता पठाउने व्यवस्था गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro