site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंकको खराब कर्जा पाँच प्रतिशत, नाफा घट्यो

काठमाडौं । कुमारी बैंकको खराब कर्जा बढेर पाँच प्रतिशत नजिक पुगेको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा ४.९७ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशत थियो ।

खराब कर्जा बढ्दै गएपछि बैंकको नाफामा पनि प्रत्यक्ष असर देखिएको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकले ८६ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब एक करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १४.३१ प्रतिशतले घटेको छ ।

बैंकले तीन खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro