site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते

काठमाडौं । बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते भएका छन् । बर्दियाको मधुवन नगरपालिका–१, दुर्गानगरमा बस्ने ५२ वर्षीया सीता थारु र ३१ वर्षीया शुशिला चौधरी घाइते भएकी हुन् । 

सोही स्थानमा रहेको दुर्गा सामुदायिक वनमा दाउरा काट्न गएको बेला आज दिउँसो जंगली हात्तीले आक्रमण गरेको थियो । 

सीताको टाउकोमा र शुशिलाको टाउको, छाती र हातखुट्टामा चोट लागेको छ । घाइते दुवैको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro