site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेट अभाव हुँदैन : मन्त्री बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुन नदिने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले विभिन्न सिँचाइ आयोजनाहरू लामो समयदेखि निर्माणाधीन रहेको भन्दै उक्त आयोजनाहरूलाई बजेट अभाव नदिने बताए । 

सिँचाइ आयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रूपमा सम्पन्न नभएपनि जनताले भने त्यसबाट लाभ लिइरहेको उनले बताए । मन्त्री बस्नेतले आयोजना निर्माणमा केही ढिलाइ भएकाले समय तोकेरै सम्पन्न गर्नेगरी काम अघि बढेको धारणा राखे । 

त्यस्तै, उनले सुक्खायाममा विद्युतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरूमा ध्यान दिनुपर्ने बताए । जलाशाययुक्त आयोजनाहरू निर्माण गर्दा लागत महंगो हुन जाने र नाफा पनि कम हुने भएकाले त्यस्ता आयोजनामा लगानी आकर्षित गर्न नसकिएको मन्त्री बस्नेतको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro