site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६ महिनासम्म पनि बिदा नलिएको भन्दै पाँच प्रहरीसँग सोधियो स्पष्टीकरण

काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म कुनै पनि बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । 

प्रहरी नियमावली २०७१ अनुसार दिइएको बिदा सुविधा नलिएका पाँच प्रहरीलाई बिदामा नबसेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार कारबाहीभन्दा पनि उनीहरूको घरायसी केही समस्याका कारण बिदा नबसेको हो कि भन्ने आशंकाले स्पष्टीकरण सोधिएको बताए ।

“कारबाही गर्न होइन । एक त प्रहरी कर्मचारीको बिदा नै कम हुन्छ । त्यस्तो अवस्थामा बिदाको सुविधा किन सदुपयोग नगर्नु भएको भन्ने हाम्रो आन्तरिक स्पष्टीकरणमा मात्रै हो,” डीएसपी खड्काले भने ।

प्रहरी कर्मचारी बिदामा बसेर फर्किदा कार्यसम्पादन राम्रो हुने र ‘मोनोटोनस’ पनि नहुने हुँदा बिदाको सदुपयोग होस् भन्ने संगठनको नीति नै रहेको उनको भनाइ छ । प्रहरी अधिकृतहरूले वर्षमा २० दिन घर बिदा र १२ दिन भैपरी बिदा पाउने गरेका छन् ।

खोटाङ जिल्लाभरी कुल पाँचसय भन्दा बढी प्रहरी कर्मचारी डीएसपीको कमान्डका खटिएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro