site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दुई विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । 

चौदण्डीगढी नगरपालिका–८ मा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको हो । 

विद्यालयमा अध्ययनरत दलित, जनजाति, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई स्वेटर वितरण गरिएको बैंकले जनाएको छ । नर्सरीदेखि कक्षा १० सम्मका १९१ विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो ।

त्यस्तै, सिटिजन्स बैंक कालिकानगर शाखा बुटवलले मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

चिसो मौसममा न्यानो कपडाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएको बैंकले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro