site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिरिया र इराकी कुर्दिस्तानको ‘आतंकवादी अड्डा’मा इरानले गर्‍यो मिसाइल आक्रमण

काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी)ले हालै आफ्नो देशविरोधी आतंकवादी हमलाको जवाफमा सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण सुरु गरेको छ ।

आईआरजीसीले दक्षिणपूर्वी इरानी प्रान्त केरमान र सिस्तान र बलुचिस्तानमा हालैका आतंकवादी हमलाको प्रतिक्रियाका रूपमा आक्रमण गरिएको जनाएको छ ।

इजरायलले इरानी र प्रतिरोधी कमान्डरहरूको हत्या गरेको छ । इराकी सुरक्षा स्रोतका अनुसार, इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चारजनाको मृत्यु भएको छ ।

यही जनवरी ३ मा दुई आत्मघाती आतंकवादीले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहाननजिकै दुई बम विस्फोट गराएका थिए । विस्फोटमा ९० भन्दा बढी मानिसको मृत्यु भएको थियो । २८० जना घाइते भएका थिए । बम विस्फोटको जिम्मेवारी आईएस आतंकवादी समूहले लिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro