site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चन्दा आतंक छ, फोन नउठे घरमै आउँछन् : अध्यक्ष कार्की 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धि ऊर्जा क्षेत्रको विकासले हुने बताएका छन् । बिहीबार इप्पान डे–२०८० का अवसरमा उनले अहिले मुलुक ऊर्जामय भएको बताए ।

“१० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमतिले अहिले नेपालमा हर्ष छ,” उनले भने, “अबको १० वर्ष ऊर्जादशक घोषणा गरौँ । ऊर्जासंकट वर्ष घोषणा गरौँ ।”

ऊर्जाको विकासका निम्ति बैंकहरूले पनि सहज रूपमा ऋण सुविधा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । “अहिले हामी १४ मन्त्रालय धाउनुपर्ने बाध्यता छ । नीतिगत झन्झटले समस्या पारेको छ । प्रत्येक नेपालीले लगानी गर्न सक्ने वातावरण बनाउनुपर्छ,” उनले भने, “समयमा प्रसारणलाइन बनाएनौँ भने हामी समस्यामा जानुपर्छ ।”

ऊर्जा सुरक्षा नीति बनाउनुपर्ने उनले औँल्याए । “तोडफोड हुने गरेका छन् । चन्दा आतंक पनि छ । फोन नउठे घरमा नै आउने गर्छन्,” उनले भने, “हामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न तयार छौँ । सरकारले हामीलाई सँगै लिएर हिँड्नुपर्छ ।”

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro