site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

धादिङ । धादिङको खनियाबास गाउँपालिका–५ मा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दाउरा बोकेको ट्रक दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ ।

दुर्घटनामा स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् । रासस

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro