site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माल्टा पठाउने आश्वासनमा '४३ लाख उठाएर फरार' भएकी मायादेवी पक्राउ

काठमाडौं । माल्टा पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको बग्नासकाली गाउँपालिका–१ की ३० वर्षीया मायादेवी राना रहेकी छन् ।

मायादेवीले माल्टा पठाउने आश्वासन दिएर ४३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । उनलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनले दीपकराज कँडेलसहितलाई माल्टामा एक लाख ५० हजार कमाइ हुने बताृकी थिइन् । उनले प्रतिव्यक्ति आठ लाख रुपैयाँ मागेकी थिइन् । विभिन्न व्यक्तिबाट ४३ लाख रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएकी थिइन् ।

थप कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro