site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक वर्षयताकै सर्वाधिक रकमको सेयर कारोबार, ६ महिनापछिकै उच्च विन्दुमा नेप्से

काठमाडौं । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से ५४.५४ अंकले बढेको छ । आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकम एक वर्षयताकै उच्च हो । यसअघि, गएको पुस ८ गते सात अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिनाअगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो । हिजो (सोमबार) नेप्से २१२० विन्दु कायम थियो ।

यस दिन २१४ कम्पनीको सेयर मूल्य बढेको छ । ३१ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र साम्लिङ पावर कम्पनी छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro