site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा आँखा शिविर

विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगर महानगरपालिकाका ३०५ जनाको आँखाको परीक्षण र ४५ को मोतियाविन्दुको शल्यक्रिया गराएको छ । मञ्चले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसितको सहकार्यमा आँखाको निःशुल्क परीक्षण र शल्यक्रिया गराएको हो ।

बिरामीलाई आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । विराटनगर–१ स्थित सयपत्री आधारभूत विद्यालयमा आयोजित एकदिने आँखा शिविरमा प्रतिष्ठानका चिकित्सक रुचि शाह नेतृत्वको टोलीले बिरामीको परीक्षण गरेको थियो ।

परीक्षणमा ४५ बिरामीमा मोतियाविन्दु भएको पाइएको थियो । उनीहरूको मोतियाविन्दुको शल्यक्रिया रामलाल गोल्छा आँखा अस्पतालमा गरिएको मञ्चका अध्यक्ष पूनम राठीले जानकारी दिइन् ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro