site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कति छ काठमाडौंको न्यूनतम तापक्रम ?
फाइल तस्बिर 

काठमाडौं । उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज बिहान  सुदूरपश्चिम र कर्णालीप्र देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा आज बिहान ५ः४५ को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियसको बीचमा पुग्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro