site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन् । हालकी वरिष्ठ उपाध्यक्षसमेत रहेकी मल्ल शुक्रबार नै निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन समितिको कार्यालयले शुक्रबार साँझ ६:३० बजेसम्म उमेदवारी दर्ताको समय तोकेकोमा अध्यक्षमा मल्लको मात्र उमेदवारी परेको थियो ।

सत्ता गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले निर्वाचनमा भाग नलिने घोषणा गरेपछि एमालेका उमेदवार निर्वाचित भएका छन् । 

वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल र महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा डीबी बस्नेत, खेमबहादुर पाठक, शेषकान्त गौतमका उमेदवारी परेको छ । उपाध्यक्षमा दुईजना मात्र निर्वाचित हुने व्यवस्था छ । शुक्रबार राति ९ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने छ ।

कुल ३२ जनाको उमेदवरी परेको थियो । तर, एक जनाले उमेदवारी फिर्ता लिएका छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीमप्रसाद तुलाचत, सदस्यमा अम्मर नाथ न्यौपाने र हेमकुमारी अधिकारीले उमेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro