site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यस वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार विश्व बैंकले विश्वको आर्थिक अवस्थासम्बन्धी सन् २०२४ को पहिलो रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टमा चालु आर्थिक वर्ष (सन् २०२३ को जुलाईदेखि सन् २०२४ को जुलाईसम्म)मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत र आउँदो वर्ष (सन् २०२४/०२५)मा पाँच प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

सन् २०२४ को अन्त्यसम्म विश्वले ३० वर्षयताकै सबैभन्दा सुस्त आर्थिक वृद्धिको आधा दशक देख्ने रिपोर्टले उल्लेख गरेको छ ।

विश्वको अर्थतन्त्र गत वर्षको तुलनामा मन्दीको कम जोखिम रहेको रिपोर्टले जनाएको छ । तर, बढ्दो भूराजनीतिक तनावले अर्थतन्त्रका खतराहरू निम्तिने जोखिम कायमै रहेको रिपोर्टमा उल्लेख छ ।

वैश्विक अर्थतन्त्र लगातार तेस्रो वर्ष सुस्त हुने र सन् २०२४ मा २.४ प्रतिशतको वृद्धि देख्ने विश्व बैंकले जनाएको छ ।  गत वर्ष विश्वको आर्थिक वृद्धि दर २.६ प्रतिशत रहेको रिर्पोटले जनाएको छ ।

विश्व बैंकका अनुसार यो आर्थिक वृद्धि सन् २०१० को दशकको औसतभन्दा तीन चौथाइ कम हो ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro