site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँ जीप दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो
प्रतीकात्मक तस्बिर ।

दमौली । तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । 

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जीप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो । 

सडकबाट अन्दाजी १५० मिटर तल खसेको जीपमा सवार दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा १० जना घाइते भएका छन् । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro