site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चीनले लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत् किन्न भारतको रिजर्भेसन छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत् किन्नेबारेमा भारतले असहमति प्रकट गरेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भएको नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् सम्झौतामा भारतले चीनले लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत् किन्न असहमति जनाएको बताए । 

उनले आफूहरूले ग्लोवल टेन्डर आह्वान गरी निर्माण भएको विद्युतलाई चीन सरकारले उत्पादन गरेको भन्न नमिल्ने बताएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले यस सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत् व्यापारको ढोका खुलेको बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro