site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विमानस्थलबाट बरामद एक किलो २६९ ग्राम 'सुन' गलाएपछि ८३२ ग्राममा झर्‍यो !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकन नागरिकको साथबाट बरामद गरिएको सुनलाई गलाएर तौल निकालिएको छ ।

गएको आइतबार दुबईबाट आएकी श्रृलंकन महिला ४५ वर्षीय कान्ति काभास्करलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट अवैध सुनसहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकले परीक्षण गर्दा सुनसहित रहेको अर्ध ठोस वस्तु र भित्री वस्त्रको कुल तौल एक किलो २६९ ग्राम थियो । गलाएपछि ८३२ ग्राम सुन रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुराकीले दिएको विशेष सूचनाका आधारमा फ्लाई दुबई एयरलाइन्सको उडानबाट काठमाडौं आएकी श्रीलंकन नागरिकबाट सुन बरामद गरेको हो ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro