site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बालमैत्री वार्ड निर्माण गर्न एनएमबि बैंकको २५ लाख सहयोग

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख सहयोग गरेको छ । यो सहयोगले अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुग्ने बताइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा.भगवान कोइरालाबीच सहमतिपत्र आदानप्रदान गरिएको छ । यस सहकार्यले बैंक र अस्पतालको बाल स्वास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यहरू आयोजना गर्दै आएको छ ।

बैंकले हाल देशभरी २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गदै आएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro