site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

रुपन्देही । बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्मित घरटहरा हटाउन थालेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार बुटवल–५, हाटबजार लाइनका तीन र नेपालगन्ज रोडको एउटा टहरा भत्काइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवल, नगर प्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाइएको बुटवल उपमहानगरपालिका–५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिउ । उनका अनुसार, हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस उद्यान निर्माण गरिनेछ । रासस

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro