site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कान्ति बाल अस्पताल ६२औँ वर्षमा प्रवेश, वार्षिक दुईलाख बढीलाई सेवा

काठमाडौं । सरकारी तवरबाट सञ्चालित एकमात्र बालरोग उपचार केन्द्रको रूपमा रहेको कान्ति बाल अस्पताल आइतबारदेखि ६२औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०१९ सालमा ५० शय्याबाट सुरु भएको अस्पताल हाल ३५२ शय्यामा विस्तार भएको छ ।

अस्पतालबाट अघिल्लो आर्थिक वार्षमा दुई लाख बढीले सेवा लिएको तथ्यांक छ । आर्थिक वर्ष २०७९/८० मा ओपीडी र इमर्जेन्सी गरी एकलाख ९९ हजार २५६ र अस्पताल भर्ना भएर नौ हजार ५३३ जनाले उपचार गराएको अस्पताल निर्देशक डा. पंकज रायले बताए ।

जापान सरकारको सहयोगमा नयाँ एमआरआई तथा सीटी स्क्यान मेसिन जडान गरी थप सेवा विस्तार गर्न लागिएको उनले बताए । अस्पतालको संरचना र सेवा विस्तार गरी एक हजार शय्यामा सञ्चालन गर्न नयाँ डीपीआर तयार गरिएको छ । 

डीपीआरअनुसार नयाँ संरचना विस्तारका लागि ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल विस्तारका लागि सहरी विकास तथा भवन निर्माण विभागसँग मन्वय गरी तत्काल प्रक्रिया अघि बढाइने बताए ।

संरचना विस्तार भएसँगै राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थानको रूपमा विकास गर्ने अस्पतालको योजना छ ।

तर, हाल जनशक्ति र आर्थिक अभावका कारण अस्पतालका सेवा प्रवाहमा कठिनाइ भइरहेको अस्पताल निर्देशक डा. राय बताउँछन् ।

गत आर्थिक वर्षमा सरकारको तर्फबाट अस्पताल सञ्चालनका लागि ४३ करोड रुपैयाँ विनियोजन गरिएकोमा चालु आर्थिक वर्षमा यो रकम २७ करोडमा झरेको छ ।

बजेट अभाव हुँदा कर्मचारीको बढेको तलब स्केलअनुसार भुक्तानी गर्न र उपकरण मर्मत सम्भारमा पनि कठिनाइ भएको उनको भनाइ छ । त्यस्तै, जनशक्ति अभावका कारण एकजना नर्सले चारजना बराबरको र एक चिकित्सकले ६ जना बराबरको बिरामीको चाप बेहोर्दै आएको उनले गुनासो गरे । 

जनशक्ति थप्नका लागि अस्पतालले पठाएको ओएनएम सर्भे अनुसार अघि बढ्न पनि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro