site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उडानका क्रममा एउटा हिस्सा खसेपछि अमेरिकामा १७१ विमान ‘ग्राउन्डेड’

काठमाडौं । अमेरिकी उड्डयन क्षेत्रको नियामक निकायले १७१ विमानको उडान रोकेको छ । गएको शुक्रबार उडानका क्रममा अलास्का एयरलाइन्सको विमानको एउटा हिस्सा खसेपछि यस्तो निर्णय गरिएको हो ।

संघीय उड्डयन प्रशासनले बोइङ ७३७ म्याक्स ९एस विमान ग्राउन्डेड गरेको जनाइएको छ । यो निर्णयसँगै विभिन्न कम्पनीका १७१ विमानको उडान रोकिएको छ ।

अलास्काले शनिबार २३ हजार नागरिकले टिकट रद्द गरेको र थप अवरोध सिर्जना हुन सक्ने जनाएको छ ।

यी सबै विमानको चेकजाँचका निम्ति ‘ग्राउन्डेड’ गरिएको हो । निरीक्षणका निम्ति प्रतिविमान चारदेखि आठ घण्टा लाग्ने नियामक निकायले जनाएको छ ।

बोइङले यो निर्णयलाई स्वागत गर्दै नियामक निकायसँग नजिकको सम्पर्कमा रहेको जनाएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro