site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् ।

गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका निम्ति निषेधाज्ञा जारी गरिएको थियो ।

“...सम्भावित जोखिमलाई मध्यनजर गर्दै मिति २०८०/०९/२२ गते दिउँसो १२ः४५ बजेदेखि मिति २०८०/०९/२३ गते बिहान ८ः०० बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ को (२) (३) (४) बमोजिम देहायको क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरिएको छ,” आदेशमा उल्लेख छ, “आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।”

आदेश पढ्नोस्–

dfsmg-1704612464.jpg
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro