site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलसँगको मेलमिलाप अस्वीकार

काठमाडौं । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ)का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताएका छन् ।

विद्रोहीहरूसँग कुनै मेलमिलाप वा सम्झौता नहुने उनले स्पष्ट पारेका हुन् । पूर्वसुडानी प्रधानमन्त्री अब्दल्ला हमडोकको नेतृत्वमा रहेको सुडानी राजनीतिक गठबन्धन, सिभिलियन डेमोक्रेटिक फोर्सेसको समन्वयको बीचमा हालै हस्ताक्षर गरिएको घोषणाको आलोचना गरे ।

सुडानमा १५ अप्रिल, २०२३ देखि एसएएफ र आरएसएफ बीचमा द्वन्द्व भइरहेको छ । संयुक्त राष्ट्र संघको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यस लडाइँमा १२ हजार भन्दा बढी मानिसहरू मारिएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro