site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युतीय गाडीको बिक्रीमा चिनियाँ बीवाईडीले अमेरिकी टेस्लालाई उछिन्यो

काठमाडौं । चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता बीवाईडीले सन् २०२३ को अन्तिम त्रैमासमा अमेरिकी ईभी निर्माता टेस्लाको भन्दा बढी गाडी बिक्री गरेको छ । २०२३ का अन्तिम तीन महिनामा बीवाईडीले एलन मस्कको टेस्लाले भन्दा बढी गाडी बिक्री गरेको हो ।

सोमबार बीवाईडीले अन्तिम त्रैमासमा पाँच लाख २६ हजार ईभी बिक्री गरेको जनाएको छ । यो टेस्लाले सोही अवधिमा बिक्री गरेको जनाएको कारको संख्याभन्दा बढी हो ।

टेस्लाले मंगलबार २०२३ को अन्तिम त्रैमासमा चार लाख ८४ हजार ५०० ईभी बिक्री गरेको जनाएको छ ।

तीन महिनामा बीवाईडीले टेस्लाभन्दा करिब ४० हजार ५०० बढी ईभी बिक्री गरेको हो । वर्षभरिमा भने टेस्लाले नै बढी गाडी बिक्री गरेको छ ।

२०२३ मा टेस्लाले १८ लाख ईभी बिक्री गरेको जनाएको छ । बीवाईडीले १६ लाख ईभी बिक्री गरेको जनाएको छ । बीवाईडी र टेस्लाबीच विश्वव्यापी ईभी बजारमा प्रतिस्पर्धा बढेको छ ।

बीवाईडी प्रमुख कार्यकारी अधिकृत (सीईओ) वाङ चुआनफुले सन् १९९५ मा शेन्जेनमा स्थापना गरेको अटोमोबाइल कम्पनी हो । यसले ईभीका निम्ति ब्याट्री बनाउने व्यापार समेत प्रमुख स्थानमा राख्छ ।

विश्वका धनाढ्य एलन मस्कलेलगायत व्यक्तिले २००३ मा अमेरिकामा ईभी निर्माणकै निम्ति टेस्लाको स्थापना गरेका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro