site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीरगन्जबाट पोखरा जाँदै गरेको बस खोलामा खस्यो, ३२ जना घाइते
तस्बिर : कृष्ण न्यौपाने/रासस ।

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६, मौरीबजारमा यात्रीवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो । 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । १७ जनाको अवस्था मध्यम र १४ को अवस्था सामान्य रहेको उनको भनाइ छ ।

घाइते हुनेमा बसचालक कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठसहित यात्री रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro