site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेरोजगार युवाहरूलाई १० करोड रुपैयाँ ठगे, ९९७ वटा राहदानीसहित पक्राउ परे !

काठमाडौं । बेरोजगार युवाहरूबाट १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजना  पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का लालबहादुर लामा रहेका छन् ।

प्रहरीका अनुसार उनले काठमाडौंस्थित महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर वैदेशिक रोजगारमा पठाउने आश्वासन दिएर बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाखसम्म उठाउने गरेका थिए ।

पैसा उठाएकामध्ये कतिपयलाई उनले वैदेशिक रोजगारीमा पठाउने नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको पाइएको प्रहरीले जनाएको छ ।

उनले सुवास वाइबा, राजेश तुम्सिङ मगर, दावा लामासहितलाई लिथोनिया, क्यानडा, सिंगापुरजस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगेका थिए ।

आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । तर, उनी फरार थिए ।

उनलाई प्रहरीले सोमबार दिउँसो साढे ३ बजे काठमाडौंस्थित शंखमूलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा लालबहादुरले बेरोजगार युवाहरूबाट १० करोडभन्दा बढी रकम उठाएको पाइएको छ । उनको ट्रेनिङ सेन्टरबाट ९९७ राहदानीसमेत बरामद भएको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro