site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्याजबिना किस्ताबन्दीमा घरेलु उपकरण उपलब्ध गराउन सीजी र जगदम्बा क्रेडिटबीच सम्झौता

काठमाडौं । सीजी डिजिटल र जगदम्बा क्रेडिटले शून्य प्रतिशत ब्याजदरमा घरेलु उपकरण उपलब्ध गराउन सम्झौता गरेका छन् ।

सम्झौतासँगै ग्राहकले कुनै झन्झटबिना शून्य प्रतिशत ब्याजदरमा एलजी, सीजी र बेको ब्रान्डका टीभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरजस्ता घरेलु उपकरण खरिद गर्न सक्नेछन् ।

यो सहकार्यले इलेक्ट्रोनिक्स उपभोक्ताका निम्ति नयाँ आयाम ल्याउने अपेक्षा दुवै कम्पनीको छ ।

यो सहकार्यले १२ महिने शून्य किस्ताबन्दीका लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र उपभोक्तालाई थप अवसर खोल्ने कम्पनीले जनाएको छ ।

यो सुविधा उपत्यकाभित्रका सबै सीजी डिजिटल शो रुममा उपलब्ध रहेको सीजीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro